कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झौता
काठमाडौं । कामना सेवा विकास बैंक र सिडिएससिबीच निक्षेप सदस्यता सम्बन्धी सम्झैता सम्पन्न भएको छ । अब कामना सेवा विकास बैंकले पनि निक्षेप सदस्यको हैसियतले र्सवसाधारणलाई सेवा सुविधा प्रदान गर्ने भएको छ ।
पुतलीसडक स्थित सिडिएससिको कार्यलयमा एक कार्यक्रमका बिच सिडिएससिको तर्पmबाट प्रमुख कार्यकारी अधिकृत पूर्ण प्रसाद आर्चाय र बैैंकका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । हाल सिडिएससिबाट ७८ वटा संस्थाहरुले निक्षेप सदस्यता प्राप्त गरेका छन् । बैंकले निक्षेप सदस्य सम्बन्धी कार्यहरु शीघ्र संञ्चालनमा ल्याउने योजना बनाएको छ ।
काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा १२९ वटा शाखा, एक विस्तारीत शाखा लगायत ७० वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । यस बैंकले Social Media Banking, KS iMobile, जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहक महानुभावहरुलाई सरल, सहज र उत्कृष्ट बैकि¬ङ सेवा प्रदान गर्दै आएको छ ।












