गोर्खाज फाइनान्सको ब्याज आम्दानी घटेपनि अन्य सूचकमा उल्लेख्य सुधार, नाफा १५४ प्रतिशतले छलाङ
काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा १५४ प्रतिशत बढेर २० करोड १८ लाख ९६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा फाइनान्सले ७ करोड ९४ लाख ९३ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
गत असार मसान्तसम्म फाइनान्सको खुद ब्याज आम्दानी २९.१९ प्रतिशत घटेर २१ करोड ५८ लाख ५६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ३० करोड ४८ लाख ५८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा फाइनान्सको निक्षेप १७.०६ प्रतिशत बढेर ८ अर्ब १५ करोड ९७ लाख ७ हजार रुपैयाँ, कर्जा ६.८४ प्रतिशत बढेर ५ अर्ब ५६ करोड ७० लाख १८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा निक्षेप ६ अर्ब ९७ करोड १ लाख ३२ हजार रुपैयाँ र कर्जा ५ अर्ब २१ करोड २ लाख ८८ हजार रुपैयाँ थियो ।
फाइनान्सको वितरण योग्य नाफा १० करोड ३६ लाख १६ हजार रुपैयाँ रहेको छ । गत असार मसान्तसम्म फाइनान्सको चुक्ता पूँजी स्थिर रहेर ८६ करोड ७९ लाख ९३ हजार रुपैयाँ र जगेडा कोष ६.७४ प्रतिशत घटेर ७५ करोड ६४ लाख ५८ हजार रुपैयाँमा सिमित भएको छ । संचित नाफा १० करोड ३६ लाख रहेको छ ।
समिक्षा अवधिमा फाइनान्सको प्रतिशेयर आम्दानी २३ रुपैयाँ २६ पैसा रहेको छ । फाइनान्सको प्रतिशेयर नेटवर्थ २०१.४४ रुपैयाँ रहेको छ भने मुल्य आम्दानी अनुपात ५३.७४ गुणा छ ।















