सनराइज फर्स्ट म्युचुअल फण्डको ५० प्रतिशत लाभांश वितरण गर्न भदौ १६ गते बुक क्लोज गर्ने
काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको बुक क्लोजको मिति तोकिएको छ । सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांश वितरण गर्न भदौ १६ गते एक दिनका लागी बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, भदौ १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरूले मात्र उक्त लाभांश पाउनेछन् ।
सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७–०७८ का लागि ५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।














