माधव नेपालको एकिकृत समाजवादी दलले पायो निर्वाचन आयोगबाट मान्यता
काठमाडौं । माधव कुमार नेकपालको अध्यक्षतामा दर्ता भएको एकिकुत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएको छ । आयोगले आज नेकपा एकीकृत समाजवादीलाई दर्ता प्रमाणपत्र दिएको हो ।
एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए । उनीहरुमध्ये ५३ जनाले हस्ताक्षर सनाखत गरेसंगै आयोगले प्रमाणपत्र दिएको छ ।
सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि एमालेबाट अलगीएर नयाँ पार्टि दर्ता गर्न निवेदन दिएका थिए ।

नेकपा एकिकृत समाजवादीको पक्षमा हालसम्म संघिय साँसद ३३ र ६० केन्द्रीय सदस्य रहेका छन ।















