१ अर्बको मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

१ अर्बको मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । मेगा क्यापिटलको म्युचुअल फण्डमा आवेदन दिने आज भदौ १० गते अन्तिम दिन रहेको छ । मेगा क्यापिटल मार्केट्स लिमिटेडले भदौ ४ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको मेगा म्युचुअल फण्ड १ मा आवेदन दिने आज भदौ १० गते अन्तिम दिन हो ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो ।

उक्त फण्डको अवधि १० वर्षको रहेको छ । यो एक बन्दमुखी योजना हो । लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

उक्त फण्डको इकाईमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । यदि उक्त फण्ड सबै इकाई बिक्री नभएको खण्डमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । मेगा क्यापिटल मार्केट्स मेगा बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।


प्रतिक्रिया दिनुहोस्