२ कार्तिक २०८३, सोमबार

एमालेका उपाध्यक्ष वामदेव गौतम राजीनामा दिदैँ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले राजीनामा दिने भएका छन् । यसअघि नै टेलिभिजन अन्तर्वार्तामा नै उपयुक्त समयमा आफूले पार्टी केन्द्रीय कमिटी र उपाध्यक्ष पदबाट राजीनामा दिने भोषणा गरेको थिए । सम्भवतः उपाध्यक्ष गौतमले आज नै राजीनामा दिने भएका हुन् ।

नेकपा एमालेकाको पार्टी केन्द्रीय समिति बैठकमा सहभागी नहुने घोषणा गरिसकेका छन् । एमाले केन्द्रीय समितिको बैठक १२ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्दैछ । सो बैठकमा उपस्थित नहुने गौतमले बताए । अब केपी ओलीलाई नेता नमान्ने उनले बताएका छन् ।

नेता गौतमले भने, ‘स्थायी कमिटी बैठकमै अध्यक्ष केपी ओलीलाई म तपाईंसँग अब रहन्नँ र नेता मान्न सक्दिनँ, मलाई लखेट्नु भयो भनिसकेको छु, उपयुक्त समयमा राजीनामा पठाइदिन्छु, सायद त्यो एक दुई दिनभित्रै हुन्छ ।’