माधव पक्षलाई समेट्न जेठ २ अघिकै जनवर्गीय संगठन बनाउन एमालेले बनायो कार्यदल
काठमाडौं । नेकपा एमालेले आफ्ना जनवर्गीय संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन कार्यदन बनाएको छ । बिहीबार बसेको केन्द्रीय कमिटिको बैठकले स्थायी समितिले पास गरेको १० बुँदे सहमती कार्यन्वयनमा ल्याउन ४ नेताको कार्यदल तोकेको छ ।
पार्टीको जनवर्गिय संगठन पनि २०७५ जेठ २ कै अवस्थामा फर्काउन एमालेमै रहेका तर माधव नेपाले निर्माण गरेको एकिकृत समाजवादी पार्टीमा नगाएका नेताहरुलाई पुरानै जिम्मेवारी दिइने गरी कार्यदन बनाइएको हो ।
एमाले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालिन एमालेको जनवर्गीय संगठनको मोर्च प्रमुख एवम् सचिव गोकर्ण विष्ट र माओवादी केन्द्रबाट एमालेमा आएका एमालेको नजवर्गीय संगठन इन्चार्ज रहेका टोपबहादुर रायमाझी कार्यदलमा रहेका छन ।
एमालेको अनेरास्ववियू, युवा संघ, महिला संघ, किसान महासंघ, खेलकुद महासंघ, सुकुम्वासी महासंघ, प्रेस संगठन नेपाललगायतका जनवर्गीय संगठन रहेका छन । ति संगठनमा पार्टी एकताको पक्षमा उभिएका नेताहरु जेठ २ अघिकै अवस्थामा फर्काउन कार्यदन बनाइएको हो ।













