२ कार्तिक २०८३, सोमबार

५० दिनपछि सरकारले पूर्णता पाउँदै, प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल



काठमाडौं । सरकार विस्तार गर्न सत्ता गठबन्धन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । मन्त्रीपरिषद विस्तार गर्न नसक्दा आलोचना खेपिरहेका प्रधानमन्त्री शेर बहादुर देउवाले आइतबार भने सक्रियता देखाएका छन् ।

प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद विस्तारको विषयमा केन्द्रित रहेको बताईएको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव उपत्यकाबाहिर रहेकाले छलफलमा भाग लिन नसकेको बताईएको छ । गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवा नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा जुटेका हुन् । झण्डै ५० दिन पुग्दा पनि मन्त्रीपरिषद विस्तार गर्न नसकेको आरोप प्रधानमन्त्री देउवाले खेपिरहेका छन् । ५० दिन पुगेपछि बल्ल मन्त्रीपरिषद विस्तारमा देउवा सक्रिय देखिएका हुन् । सम्भवतः आजभोलि नै सरकारलाई पूर्णता दिईने छ । आज सबै विषयमा टुंगो लगाएर भोलि मन्त्रीपरिषद विस्तार गरिने बताइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादीको तर्फबाट अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री पम्फा भुसाल रहेका छन् भने उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।