एनआईसी एशिया सेलेक्ट-३० को साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

एनआईसी एशिया सेलेक्ट-३० को साढे १२ करोड इकाई नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ‘एनआईसी एशिया सेकेक्ट–३०’ फण्ड सूचीकृत भएको छ । स्टकका अनुसार फण्डको १२ करोड ५० लाख इकाईहरू सूचीकृत भएको हो । फण्डलाई दोश्रो बजारमा कारोबार गर्न ल्क्ष्ऋक्ँ सिम्बोल प्रदान गरिएको छ ।

एनआईसी एशिया कयापिटलले असार १० गते, बिहिबारबाट असार १४ गते, सोमबारसम्म ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ नामक सामुहिक लगानी कोष बिक्री गरेको थियो ।

एनआईसी एशिया बैंक कोष प्रवद्र्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको थियो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवद्र्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको थियो । तर माग भन्दा झण्डै २ गुणा बढी आवेदन परेपछि फन्डको आकार बढाएर १ अर्ब २५ करोड रूपैयाँ बनाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्