२ कार्तिक २०८३, सोमबार

प्रदेश २ मा मन्त्रीको जिम्मेवारी हेरफेर, साहलाई अर्थ र यादवलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय



काठमाडौं । प्रदेश २ का दुई जना मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । मुख्यमन्त्री लालबहादुर राउतले अर्थ मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी हेरफेर हेरफेर गरेका हुन ।


भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री रहेका शैलेन्द्र साहले अर्थ मन्त्रालय र अर्थ मन्त्री रहेका विजय यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पाएका छन ।

साह र राउतले नै मन्त्रालय हेरफेर भएको पत्र पाईसकेका छन । दुवै मन्त्रीको काम अपेक्षा गरिअनुसार नभएपछि मन्त्रालय हेरफेर गरिएको स्रोतले जानकारी दिएको छ ।