मन्त्रीपरिषदलाई पुर्णता दिन र गठबन्धन बलियो बनाउन बालुवाटारमा बैठक, को–को छन सहभागी ? - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मन्त्रीपरिषदलाई पुर्णता दिन र गठबन्धन बलियो बनाउन बालुवाटारमा बैठक, को–को छन सहभागी ?



काठमाडौं । मन्त्रीपरिषदलाई पुर्णता दिन र ५ दलीय गठबन्धनलाई बलियो बनाउने रणतिनीक बैठक बालुवाटारमा सुरु भएको छ । एकाले विभाजन प्रश्चात बनेको एकिकृत समाजवादी पार्टी बनिसकेपछि सत्ता गठबन्धनमा रहेका ५ दलको बैठक आज औपचारिक रुपमा बसेको हो ।

बैठकले आगामी चुनावसम्म कसरी गठबन्धन जोगाइराख्ने भन्ने बारेमा रणनिती बनाउने बताइएको छ । थथै गठबन्धनले मन्त्रीपरिषदलाई पुर्णता दिने बारेमा पछि छलफल हुने नेताहरुले बताएका छन । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ५ दललाई २४ मन्त्रालय भागवण्डा गर्नेछ ।

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का सहभागी छन । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड र नारायणकाजी श्रेष्ठ छन् । एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेता बेदुराम भुसाल सहभागी रहेका छन ।

त्यस्तै जसपा अध्यक्ष उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई र राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल सहभागी छिन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्