सुदूरपश्चिमका १० सांसदले एकीकृत समाजवादी रोजे
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एमाले छाडेर १० सांसद नेकपा एकीकृत समाजवादीमा लागेका छन् । आज उनीहरुले निर्वाचन आयोगको कार्यालय पुगेर एकीकृत समाजवादीमा सनाखत गरेका हुन् ।
एकीकृत समाजवादीमा पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारीको सनाखत भएको हो । बाँकी केही सांसदको कागजात नपुगेर सनाखत हुन सकेको छैन् । सांसदहरु दीर्घ सोडारी, तारा लामा तामाङ र अर्चना गहतराजको कागजपत्र नपुगेकाले मंगलबार सनाखत हुन सकेन ।
निर्वाचन आयोगले २२ गतेसम्म पार्टी रोज्न पाउने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशमा एमालेका २५ सांसद, माओवादी केन्द्रको १२, कांग्रेसका १२ र जसपाका २ सांसद रहेका छन् ।















