‘एनएमबि सरल बचत फण्ड–ई’ मा ४.६१ करोड इकाईका लागि आवेदन पर्यो, कतिले दिए आवेदन ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

‘एनएमबि सरल बचत फण्ड–ई’ मा ४.६१ करोड इकाईका लागि आवेदन पर्यो, कतिले दिए आवेदन ?



काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा ८० हजार भन्दा बढिले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार फण्डमा आइतबार साँझ ५ः४० बजेसम्मको तथ्याङ्क अनुसार ८० हजार ०९६ जना आवेदकले ४ करोड ६१ लाख ५४ हजार ४५० इकाईका लागि आवेदन दिएका छन् । यो माग गरेको २ गुणा बढि आवेदन परेको हो ।

एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड भदौ १७ गते, बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।

कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो ।

उक्त फण्डमा छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् ।

धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्