‘एनएमबि सरल बचत फण्ड-ई’ मा ६ करोड ७९ लाख इकाईका लागि आवेदन, कतिले दिए आवेदन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

‘एनएमबि सरल बचत फण्ड-ई’ मा ६ करोड ७९ लाख इकाईका लागि आवेदन, कतिले दिए आवेदन



काठमाडौं । ‘एनएमबि सरल बचत फण्ड–ई’ मा ९९ हजार भन्दा बढिले आवेदन दिएका छन् । एनएमबि क्यापिटलका अनुसार फण्डमा सोमबार साँझ ५ बजेसम्मको तथ्याङ्क अनुसार ९९ हजार ७०३ जना आवेदकले ६ करोड ७९ लाख ५६ हजार ४३० इकाईका लागि आवेदन दिएका छन् ।

एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड भदौ १७ गते, बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गरिएको क्यापिटलले जनाएको छ ।

कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको हो । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गरेको हो । उक्त फण्डमा बैंकिङ समयपश्चात आवेदन दिन बन्द गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्