युनिलिभरले प्रतिशेयर ६५० रुपैयाँ लाभांश दिने, बुक क्लोज कहिले ?
काठमाडौं । युनिलिभर नेपालले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले प्रतिशेयर ६५० रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने भएको हो ।
उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउने भएका छन् । कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि असोज २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असोज २४ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउने छन् ।
कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।














