२ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिमा एमालेका दुई मन्त्रीद्वारा राजीनामा



काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाह र राज्यमन्त्री अर्चना गहतराजले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई राजीनामापत्र बुझाएका हुन् । पदबाट राजीनामा दिँदै एमाले संसदीय दलका नेतासमेत रहेका शाहले लोकतन्त्र बलियो बनाउनका लागि पार्टी रोज्दै पदबाट राजीनामा दिएको प्रतिक्रिया दिए ।

दल विभाजनपछि दुवै जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) मै रहेका छन् । एमाले पार्टी परित्याग गरेर १४ जना प्रदेश सभा सदस्यहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेपछि सुदूरपश्चिम प्रदेश सभामा एमाले चौथो दलमा झरेको छ । एमालेबाट प्रतिनिधित्व गर्नु हुने प्रदेश सभा सदस्यको सङ्ख्या सभामुखसहित ११ रहेको छ ।