नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डको लाभांश घोषणा, कुनको कति ?
काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल इक्विटी फण्डले लाभांश घोषणा गरेको छ । दुबै फण्डले आर्थिक वर्ष २०७७–७८ को लागि लाभांश घोषणा गरेका हुन् ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ्गको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीहरुलाई ३५ प्रतिशत (कर सहित) र नबिल इक्विटी फण्डले ४० प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
दुबै फण्डहरुको कोष प्रबद्र्धक नबिल बैंक लिमिटेड हो भने योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड हो ।














