स्वरोजगार लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा वितरण गर्ने भएको छ । कम्पनीको भदौ २२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ४१ करोड १२ ल्ँख् ७९ ह्ज्ँर २९७ रुपैयाँको १० करोड २८ लाख १९ हजार। ८२४ रुपैयाँ अर्थात् २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
संस्थाले जनकपुर लघुवित्तलाई प्राप्ति गरी गत असोज २५ गतेदेखि एकिकृत कारोबार गरेकाले बोनसमा कर लाग्दैन ।
उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र संस्थाको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ ।














