एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोज, समायोजित मूल्य कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन भएको छ । आइतबार नेप्सेमा एनआईसी एशिया ब्यालेन्स्ड फण्ड र एनआईसी एशिया ग्रोथ फण्डको इकाई मूल्य समायोजन भएको हो ।
दुबै फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले इकाई मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा दुबै फण्डको इकाई मूल्य समायोजन गरेको हो ।
नेप्सेले एनआईसी एशिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजन पश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २७ पैसा कायम भएको छ ।
त्यस्तै, एनआईसी एशिया ग्रोथ फण्डको ३० प्रतिशत नगद लाभांश समायोजन भएको हो । समायोज पश्चात फण्डको इकाईमूल्य १२ रुपैयाँ २२ पैसा कायम भएको छ ।
गत बिहीबार एनआईसी एशिया ब्यालेन्स्ड फण्डको इकाई १४ रुपैयाँ २७ पैसा र एनआईसी एशिया ग्रोथ फण्डको इकाई १५ रुपैयाँ २२ पैसामा अन्तिम कारोबार भएको थियो ।













