३५ प्रतिशत लाभांश घोषणा गरेको नेपाल ल्युव आयलको साधारण सभा र बुक क्लोज कहिले ?
काठमाडौं । नेपाल ल्युब आयल निगमले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २५ गते बसेको सञ्चालक समितीको बैठकले ३० प्रतिशत बोनश सेयर र ५ प्रतिशत नगद गरी कूल ३५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको उक्त बैठकले लभांश पारित गर्न ३० औं वार्षिक साधारणसभा पनि बोलाएको छ । संचालक समितिको बैठकले वार्षिक साधारणसभा असोज १८ गते संस्थाको कार्यालय झम्सिखेल, ललितपुर भच्र्युअल् माध्यमबाट बिहान ११ः३० बजेदेखि गर्ने भएको हो ।
साधारणसभा प्रयोजनार्थ कम्पनीले लागि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज हुने भएको छ । त्यसैले असोज ४ गतेसम्म कायम सेयरधनीहरुले मात्रै उक्त लाभांश र साधारण सभामा भाग लिन पाउने छन् ।
कम्पनीको सभाले सञ्चालक समितिको प्रतिवेदन छलफल गरी पारित गर्ने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गरी पारित गर्नेछ ।













