निरन्तर ओरालो लागेको सेयर बजार आइतबार ७१ अंकले बढ्यो, १० कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । निरन्तर ओरालो लागदै आएको सेयर बजार आइतबार भने हरियाली छाएको छ । राष्ट्र बैंकको मौद्रिक नीति सार्वजनिक पछि बजार निरन्तर जस्तै ओरालो लागदै आएको थियो । तर आइतबार भने बजारमा हरियाली छाएको छ । बजार विश्लेषकका अनुसार धितोपत्र बोर्डले विभिन्न ५१ कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गरेदेखि नै बेरियर बजार शुरु भएको आँकलन गरिरहेका छन् । जसमा सबै अपजस राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर बजार धितो कर्जामा कडाई गरेपछि पायो । तर आज आइतबार र यसअघि भदौ २१ गते बढेको बजारले राष्ट्र बैंकले सेयर धितोमा गरेको कडाईले कुनै प्रभाव नपरेको देखिन्छ । यसमा बजार घटाउनको लागि नियामाक निकाय तथा सरकारी पक्ष नै लागेको लगानीकर्ताले आरोप लगाउँदै आएका छन् ।
आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७१.४१ अंकले बढेर २९४७.४२ अंकमा बन्द भएको छ । यसअघि भदौ २१ गते सोमबारका दिन पनि बजार १६२ अंकले बढेको थियो । गत बिहीबार सेयर बजार स्थिर रहेको थियो ।
आइतबार दिनभरिमा २३१ कम्पनीको १ करोड ७१ लाख ३३३ कित्ता सेयर ९६ हजार ५९१ पटक किनबेच हुँदा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ ।

आइतबार अरुण काबेली पावर, राष्ट्रिय बीमा कम्पनी, छ्याङ्दी हाइड्रो, नेशनल हाइड्रो पावर लगायत १० कम्पनीको सेयर मूल्यमा सकारातक सर्किट लागेको १० कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सकारातक सर्किट लागेको छ ।















