२ कार्तिक २०८३, सोमबार

धितोपत्र बोर्ड र राष्ट्र बैंकले आन्दोलनरत लगानीकर्तालाई वार्ताका लागि बोलायो



काठमाडौं । विभिन्न माग राख्दै आन्दोलन गरिरहेका लगानीकर्ताहरुसँग छलफलका लागि बोलाएको छ । सेयर बजार सुधारका लागि विभिन्न माग राखेका लगानीकर्तालाई नेपाल राष्ट्र र नेपाल धितोपत्र बोर्ड (सेवोन) ले वार्ताका लागि बोलाईएको हो ।

सेयर धितोमा गरेको कडाईप्रति आक्रोसित बनेका लगानीकर्ता भदौ २१ गतेदेखि आन्दोलरत रहेका छन् । नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डले सोमबार वार्ताका लागि बोलाईएको पूँजी बजार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले जानकारी दिए ।

यसअघि गत सोमबार भदौ २१ गते पूँजी बजार सुधार संघर्ष समितिले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको थियो । लगानीकर्ताहरुले गभर्नरले राजिनामा दिनु पर्ने, केन्द्रीय बैंकले मौद्रिक नीति मार्फत ल्याएको मार्जिन कर्जामा १२ करोडको सीमा हट्नुपर्ने, लघुवित्त कम्पनीहरुले वितरण गर्ने लाभांशमा लगाइएको क्याप हटाउनुपर्ने, प्रोभिजनिङ्कको व्यवस्था परिमार्जन गर्नुपर्ने लगायतका माग सहितको ज्ञापन पत्र बुझाएको थियो ।

तर यस विषयमा सम्वन्धित निकाय मौन बसेको भन्दै भदौ २३ गतेदेखि भदौ २९ गतेसम्म माइतिघर मण्डलामा रिले अनसन बसिरहेका छन् ।