१ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ मा आवेदन दिने आज अन्तिम दिन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

१ अर्ब रुपैयाँको नबिल ब्यालेन्स्ड फण्ड ३ मा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । नबिल ब्यालेन्स्ड फण्ड ३ मा आवेदन आज अन्तिम दिन रहेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले भदौ २५ गते, शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको नबिल ब्यालेन्स्ड फण्ड–३ मा आवेदन दिने आज (भदौ, २९ गते, मंगलबार) अन्तिम दिन हो । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले नबिल ब्यालेन्स्ड फण्ड ३ आज (भदौ २५ गते, शुक्रबार) देखि निष्काशन तथा बिक्री खुला गरेको हो । उक्त फण्डको समयावधि १० वर्षको रहेको छ ।

कम्पनीले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत वा १ करोड ५० लाख इकाईमध्ये कोष प्रवर्धक नबिल बैंकलाई १४ प्रतिशत वा न्यूनतम १ करोड ४० लाख इकाई सुरक्षित गरिएको छ भने १ प्रतिशत अर्थात १० लाख इकाई योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

उक्त फण्डमा लगानीकर्ताले न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । उक्त फण्डको इकाईमा मागभन्दा बढी आवेदन परेकाले आज भदौ २९ गते बैंकिङ् समयसम्म आवेदन दिन सकिनेछ ।

फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो ।

सोमबारसम्मको तथ्याङ्क अनुसार फण्डमा १ लाख ४ हजार ७७९ आवेदकहरुले १२ करोड ६२ लाख ५५ हजार ४० इकाईका लागि आवेदन परेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ । यो माग गरिएको भन्दा २५ प्रतिशत बढी आवेदन परेको हो ।


प्रतिक्रिया दिनुहोस्