बुद्धभुमि हाइड्रोपावरको आईपीओ असोज ११ गतेदेखि खुला गरिने, कति कित्तासम्म आवेदन पाइन्छ ?
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज असोज ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने छ । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने समय असोज २५ गतेसम्म लम्ब्याईनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
यसअघि कम्पनीले साउन ३२ गतेदेखि भदौ १५ गतेसम्म आयोजना प्रभावित नुवाकोट जिल्लाभरिका स्थानीय बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका कुल ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।













