सुनचाँदीको मुल्य बढ्यो, तोलामा कति ?
काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मुल्य बढेको छ । आज सुन तोलामा एकैदिन ३ सय र चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।
आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ८९ हजार २ सय र तेजावि सुन प्रतितोला ८८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेकाो नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदी ५ रुपैयाँले बढेर १ हजार १ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो मंगलबार सुन तोलामा २ सय र चाँदी ३५ रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८८ हजार ९ सय र तेजावि सुन ८८ हजार ४ सय ५० र चाँदी तोलामा १ हजार १ सय ३५ रुपैयँमा कारोबार भएको थियो ।
आइतबार भने सुनचाँदी स्थिर रहेर शुक्रबारकै मुल्यमा कारोबार भएको थियो ।
गत शुक्रबार सुन एकैदिन तोलामा १४ सय र चाँदी ३० रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ८९ हजार १ सय र तेजावि सुन ८८ हजार ६ सय ५० रुपैयाँ र चाँदी १ हजार १ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।













