प्रधान न्यायाधीशको इजलासमा परेको कुलमान घिसिङको नियुक्ति के होला ?
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध परेको रिटको सुनुवाई आज हुने भएको छ । रिटको सुनाई प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजालसमा तोकिएको हो ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत साउन ३२ गते घिसिङको नियुक्ति बदरको माग गदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । यस अघि भदौ २० गते पनि सो मुद्दाको पेशी प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको भए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।
आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको भन्दै निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले साउन ३२ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।















