२ कार्तिक २०८३, सोमबार

कुलमान विरुद्धको मुद्धामा सर्वोच्चले अन्तरिम आदेश नदिएपछि काम गर्ने बाटो खुल्यो



काठमाडौं । सर्वाेच्च अदालतले कुलामान घिसिङको मुद्धामा अन्तरिम आदेश दिन अस्विकार गरेको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नियुक्ति विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

सरकारले साउन २७ गते प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर कुलमानलाई नियुक्त गरेको थियो । शाक्यले आफूलाई हटाउने निर्णय गैरकानुनी भएको दाबी गर्दै साउन ३२ गते सर्वोच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यस सँगै तत्कालका लागि कुलमान घिसिङलाई काम गर्ने वातावरण भएको छ ।