खड्काले परराष्ट्रमन्त्रीको शपथ दिउँसो १ बजे लिदै
काठमाडौं । परराष्ट्रमन्त्रीमा नियुक्त भएका कांग्रेस सांसद डा. नारायण खड्काले १ बजे शपथ ग्रहण गर्ने भएका छन । दिउँस १ बजेको लागि सपथ गह्रणको तयारी भएको राष्ट्रपति कार्यलयले जनाएको छ ।
खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम समेत तय भएको खड्का निकट एक नेताले अर्थपथलाई जानकारी दिएका छन ।
सरकार विस्तारको लागि हिजो बसेको सत्ता गठबन्धनको नेताहरुले कांग्रेस सांसद डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने सहमति गरेका थिए ।
arthapath.com/samachar/2021/09/21/51292/
















