साताको पहिलो दिन नेप्सेमा पहिरो, ६१ अङ्कले घट्दा सबै क्षेत्र राताम्मे
काठमाडौँ । साताको पहिलो दिन सेयर बजार नेप्सेमा व्यापक गिरावट आएको छ । अघिल्लो साता केही करेक्सन हुँदै आएको सेयर बजार आइतबार भने प्रायः सबै क्षेत्र राताम्मे बन्यो ।
आइतबार म्युचुअल फण्ड बाहेक सबै क्षेत्र ओरालो लागेको छ । आज बजार ६१.२७ अङ्कले घटेको छ । निरन्तर ओरालो लागेर करेक्सन हुँदै आएको नेप्से परिसूचक २७५८.४८ अङ्कमा ओर्लिएको छ ।
आइतबार २३३ कम्पनीका १ करोड ४४ लाख ९४ हजार २ सय ६० कित्ता सेयर किनबेच भए । ६ अर्ब ५० करोड १ लाख १७ हजार ७ सय ८० रुपैयाँको कारोबार भएको छ ।

आइतबार सबैभन्दा बढी जीवन बीमा समूह ३७१.३१ अङ्क, निर्जीवन बीमा समूह ३५६.७६ अङ्क र वित्त समूह १५६.१७ अङ्कले घट्यो । गत भदौ ३ गते हालसम्मकै ३१९८.६० उच्च अङ्कमा पुगेको सेयर बजार ओरालो लाग्दै आएको छ ।














