२५ श्रावण २०८३, सोमबार

अध्यक्ष ओलीले भने ‘एमालेलाई भोट माग्न कसरी जाने भन्ने चिन्ता छैन’



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउने चुनावमा कसरी जनतामा भोट माग्न जाने भन्ने चिन्ता नरहेको बताए । एमाले अहिले सरकारमा छैन तर आत्तिनुपर्ने अवस्था छैन भन्दै ओलीले आउने चुनावमा झन् राम्रो पोजिसन ल्याउने बताए । 

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा उठेका प्रश्नहरूको जवाफ दिँदै अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाएर एमालेलाई खासै असर नगर्ने ठोकुवा गरे । ओलीले माधव नेपालले एमालेलाई आगामी चुनावमा टर्च बालेर खोज्नुपर्ने भनेर दिएको अभिव्यक्तिलाई ‘मच्छरले सपनामा हात्ती खाएको देखेजस्तै हो ।’

अध्यक्ष ओलीले एमालेमा रहेका भँडुवा बिगारा तत्त्व आफै निस्केर पार्टी उद्धिकरणतर्फ अघि बढेको बताए ।