मध्य भोटेकोशीको आईपीओ बाँडफाँड सम्पन्न, रिजल्ट हेर्ने तरिकासहित
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँड गरिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ सोमबार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा बााडफाँड गरिएको हो ।
कम्पनीको आईपीओमा १ लाख ८ हजार ५२७ जना आवेदकले आवेदन दिएका थिए । जसमध्ये आयोजना प्रभावित क्षेत्र अन्तर्गत १२ हजार १४७ जना आवेदकले २९ लाख ६९ हजार ९४० कित्ता माग गरेका थिए । जसमा ४९ जनाको आवेदन रद्द भएको र बाँकि रहेका १२ हजार ९८ जना योग्य आवेदकल माग गरेको २९ लाख ५५ हजार ८० कित्ता शेयर बाँडफाँड गरिएको हो । आवेदन दिएका आयोजना प्रभावित क्षेत्रका आवेदकहलाई १८० कित्तासम्म दिईएको क्यापिटलले जनाएको छ । जसमा १९० देखि ४ सय कित्ता सम्म आवेदन दिने आवेदकलाई २ हजार ३१३ जनाको गोलाप्रथाबाट थप १० कित्ता शेयर पाएका हुन् ।
त्यस्तै, आयोजना प्रभावित क्षेत्र बाहेकबाट आवेदन दिने ९६ हजार ३८० जना आवेदकले १ करोड ६५ लाख १२ हजार १२० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १ हजार ५१५ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको छ । बाँकी ९४ हजार ८६५ जना योग्य आवेदकलाई आईपीओ बाँडफाँड गरिएको हो । सदर भएका आवेदकलाई १० देखि ४० कित्तासम्म आवेदन दिने लगानीकर्ताले पाएका छन् । ५० देखि ४ सय कित्तासम्म आवेदन दिने मध्येबाट गोलाप्रथा गरि ४० हजार ५ सय ४८ जनाले थप १० कित्ता शेयर पाएका छन् । आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्र अन्तर्गतका आवेदकले अधिकतम ५० कित्तासम्म शेयर पाएका छन् ।
कम्पनीले बैशाख २१ गतेदेखि सिन्धुपाल्चोकका आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो तर कोरोनाका कारण स्थगित भएको थियो । कम्पनीले साउन ५ गतेदेखि पुनः आवेदन खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो ।
कम्पनीको आईपीओ हेर्न यहाँ क्लिक गर्नुहोला
http://mbjcl.com.np/site/index.php
https://www.prabhucapital.com/
https://www.globalimecapital.com/
https://www.civilcapitalmarket.com/














