रिज लाइन ईनर्जीले २० लाख कित्ता आइपिओ निष्कासन गर्ने, शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रिज लाइन ईनर्जीले २० लाख कित्ता आइपिओ निष्कासन गर्ने, शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त



काठमाडौं । रिज लाइन ईनर्जीको शेयर निष्कासनमा प्रभु क्यापिटल नियुक्त भएको छ । सर्वसाधारणलाई प्राथमिक शेयर आइपिओ निष्कासन गर्न शेयर निष्कासन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त गरेको हो ।

हिजो एक कार्यक्रमका बिच शेयर निष्कासन तथा विक्री प्रबन्धकको सम्पूर्ण काम प्रभु क्यापिटलले गर्ने एक सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा  रिज लाइन ईनर्जीका तर्फबाट वसन्त गिरी र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले  हस्ताक्षर गरेका छन् ।

 कम्पनीले गोरखा जिल्लाको अजिरकोट २ मा अवस्थित चेपे नदीमा ९.०५ मेगावाट क्षमताको सुपर चेपे हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ । कम्पनीले अधिकृत तथा जारी पुँजी ६९ करोड ४२ लाख ९० हजार को ३० प्रतिशतले हुन आउने २० करोड ८२ लाख ८७ हजार रकम बराबरको २० लाख ८२ हजार ८ सय ७० कित्ता शेयर सर्वसाधारण लागि  निष्कासन गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्