शेयर बजारमा सञ्चय कोषको लगानी ३६ अर्ब रुपैयाँ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शेयर बजारमा सञ्चय कोषको लगानी ३६ अर्ब रुपैयाँ



काठमाडौं । कर्मचारी सञ्चय कोषले ६० औँ वार्षिकोत्सव मनाएको छ । भदौ ३१ गतेका दिन कोषले भव्य रुपमा आफ्नो वार्षिकोत्सव मनाएको हो । सञ्चय कोषको परियोजना र संस्थामा लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड रुपैयाँ रहेको जनाएको छ ।

कोषको कुल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड रहेको छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड रहेको कोषले सञ्चयकर्ताको कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । कोषको निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने दायित्व भने ४ अर्ब ६७ करोड रहेको छ ।

कोषको ६० औँ वार्षिकोत्सव समारोहमा निमित्त प्रशासक जितेन्द्र धितालले हालसम्म देशभर ५ लाख ९८ हजार सञ्चयकर्ता रहेको जानकारी दिए । ४ खर्ब ४४ अर्बभन्दा बढी सञ्चय कोष र निवृत्तिभरण कोषसहितको वित्तीय स्रोत परिचालन गरेको बताए ।

कोषले शेयर बजारमा मात्रै झण्डै ३६ अर्ब रुपैयाँ लगानी गरेको छ । कोषले विभिन्न कम्पनीहरूको शेयरमा ३५ अर्ब ८७ करोड रुपैयाँ लगानी गरेको हो ।

कोषले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार शेयरमा १ बर्षको अवधिमा नै ६५.५० प्रतिशत बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा कोषले धितोपत्रहरूमा २१ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको थियो ।

कोषले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको रुपमा मात्रै १ खर्ब ३१ अर्ब रुपैयाँ जम्मा गरेको छ । त्यस्तै, कोषले सञ्चयकर्ताहरूलाई २ खर्ब रुपैयाँ कर्जा सापटी दिएको छ । परियोजना तथा संगठित संस्थाहरूलाई ६८ अर्ब ५३ करोड रुपैयाँ सापटी प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्