एनआईबीएल एस क्यापिटलको २६% लाभांश पारित गर्न आज साधारण सभा हुँदै
सानिमाको २५% लाभांस घाेषणा
काठमाडौं । आज विभिन्न २ कम्पनीको वार्षिक साधारण सभा हुँदैछ । एनआईबीएल एस क्यापिटल र सानिमा क्यापिटलको वार्षिक साधारण सभा आज हुँदै छ ।
एनआईबीएल एस क्यापिटल
एनआईबीएल एस क्यापिटलको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ९ औँ वार्षिक साधारण सभा आज बोलाएको थियो । क्यापिटलको ९ औँ वार्षिक साधारण सभा आज (असोज १५ गते) एनआईबिएल एस क्यापिटलको केन्द्रिय कार्यालय लाजिम्पाट काठमाडौंमा बिहान ११ बजे शुरु हुँदै छ ।
क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत अर्थात ७ करोड २ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक बर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखा परिक्षण प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान उपर छलफल गरि पारित गर्नेछ । त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०७७–७८ को लेखापरिक्षक नियुक्त गर्ने र पारिश्रमिक तोक्नेछ ।
सानिमा क्यापिटल
सानिमा क्यापिटलको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले ६ औँ वार्षिक साधारण सभा आज बोलाएको हो । क्यापिटलको वार्षिक सधारण सभा आज असोज १५ गते सानिमा बैंकको केन्द्रीय कार्यालय नक्साल काठमाडौमा दिउसो १ बजेदेखि शुरु हुनेछ ।
क्यापिटलको सभाले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात ६ करोड २५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले आर्थिक वर्ष २०७७–७८ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान मुद्धामा छलफल गरि पारित गर्नेछ । त्यस्तै, आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने गर्नेछ ।














