२५ श्रावण २०८३, सोमबार

एमालेमा बरिष्ठ उपाध्यक्ष सहित पदाधिकारी थप्ने प्रश्ताव, सरकारले ल्याएकाे कालाेधन बैधताकाे प्रतिराेध



काठमाडाैँ । नेकपा एमालेले घटाएकाे पदाधिकारी फेरी थपिने भएकाे छ । जारी प्रथम बिधान अधिवेसनमा अाज दाेस्राे दिन समुहगत छलफलकाे सवाफ दिने क्रममा सबै समुहले बरिष्ठ उपाध्यक्ष, उपमहासचिव थप्न सुझाव दिएका छन् ।

शुक्रबारदेखी ललितपुरकाे गाेदावरीमा एमालेकाे प्रथम बिधान अधिवेसन जारी छ । अधिवेसनमा अध्यक्ष केपी शर्मा अ‍ोलीले राजनितिक, महासचिव विष्णु पाैडेलले सांगठनिक र उपमहासचिव विष्णु पाैडेलले बिधान संसाेधन प्रश्ताव पेश गरेका थिए । विधान अधिवेेेशनमा सहभागी ६ हजार कार्यकर्ताकाे १० अाेटा समुह बनाएर छलफल गरिएकाे छ ।

जारी नेकपा एमालेकाे विधान अधिवेसनकाे दाेस्राे दिन ५ अाेटा समुहले विधान संसाेधनमाथी सुझाव दिएकाे छन् । शनिबार ५ अ‍ोटा समुहले अाफ्नाे सुझाव राखे पनि अरू बाँकी रहेकाे प्रचार विभाग प्रमुख याेगेश भट्टराईले बताए ।

५ अ‍ोटा समुहमा प्राय सबैले पदाधिकारी घटाउने प्रश्तावकाे बिराेध गरे । पार्टीमा बरिष्ठ उपाध्याक्ष र उपमहासचिव खारेज गर्न नहुने सुझाव दिएका छन ्।

पार्टीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र पाँच सचिव राख्न सुझाव प्रस्तुत भएकाे छ । उता एमाले दिएकागरेका थिए । यस्तै, सुदुरपश्चिम प्रदेशबाट अध्यक्ष कर्णबहादुर थापाले ७ उपाध्यक्ष, ३ उपमहासचिव र ७ सचिवको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले पोलिटब्यूरो कायमै राख्न पनि सुझाव दिए ।

एमाले बिधान महाधिवेसनमा बाग्मती प्रदेशका तर्फबाट अध्यक्ष आनन्द पोखरेेेेलले सरकारले कालोधनलाई वैधानिकता दिन ल्याएको विधयेक सरकार काे नियत प्रश्ट भएकाे बताए । भट्टराईले नयाँ सम्पति सद्धिकरण ऐनकाे सशक्त विरोधमा उत्रनुपर्ने बताए । उता सरकारले प्रचण्डनिकट व्यापारी अजय सुमार्गीकाे स्राेत नखुलेकाे सम्पति नेपाल ल्याउन यस्ताे ऐेन ल्याएकाे एमालेकाे अाराेप छ ।

एमालेकाे केन्द्रीय कमिटीमा वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, दुई उपमहासचिव र सात सचिवको व्यवस्थाका साथै कमिटीहरुलाई समावेशी बनाउन सुझाव दिएका थिए ।