साहस उर्जाको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

साहस उर्जाको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित



काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ आज आइतबार बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ आज (आइतबार) बिहान ९ बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।

निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकले ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन परेको हो । यो आवेदन हालसम्म कै उच्च हो ।

साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गरिने छ । जसमा १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै पाउने छन् । जसमा झण्डै १८ लाख ३० हजार भन्दा बढीको हात रित्तो हुने छ ।

आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://sahasurja.com/

https://result.niblcapital.com/#/ipo-result


प्रतिक्रिया दिनुहोस्