प्रभु क्यापिटलको डबल धमाका अफरः १ रुपैयाँमा डिम्याट खातादेखि शेयर बजार सम्बन्धी निशुल्क तालिम - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु क्यापिटलको डबल धमाका अफरः १ रुपैयाँमा डिम्याट खातादेखि शेयर बजार सम्बन्धी निशुल्क तालिम



काठमाडौं । प्रभु क्यापिटलले दशैं–तहार तथा छठपर्वलाई लक्षित गरि डबल धमाका अफर सञ्चालनमा ल्याएको छ । २०७८ सालको वडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न योजना ल्याएको हो ।

प्रभु क्यापिटलको डबल धमाका अफरः

प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्नुहोस र निःशुल्क शेयर बजार सम्बन्धी तालिम लिनुहोस् ।
ड्ड यो योजनामा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोल्न सकिनेछ । साथै शेयर बजार सम्बन्धी निःशुल्क विशेषज्ञ तालिम प्रदान गरिनेछ ।

  • प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।
  • साथै यसरी दैनिक छनौट हुनुभएका १० जना भाग्यमानी ग्राहकहरुलाई हामीले प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट हुनुभएको ७० जना ग्राहकहरुलाई शेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गर्नेछौं । जसमा नेपालको शेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फण्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेण्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।
  • यस योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिपर्नेछ ।
  • रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।
  • यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ ।
  • यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पिएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ ।
  • दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्