२ कार्तिक २०८३, सोमबार

देउवा र पौडेलबीच कडा टक्कर, ८ जिल्लाको नयाँ कार्यसमितिमा दुबै समूह बराबर, कुन जिल्लामा कुन समूह ?



काठमाडौं । नेपाली काँग्रेसको ८ जिल्लामा नयाँ कार्यसमितिको मत परिणामा सार्वजनिक भएको छ । १४ औं महाधिवेशनमा हालसम्म ८ जिल्लाको मत परिणामा सार्वजनिक भएको हो । १४ औं महाधिबेशन अन्तर्गत जिल्ला अधिवेशनको मत परिणाम आउने क्रम जारी छ । असोज १५ गतेदेखि हिमाली जिल्लाहरुमा सुरु भएको जिल्ला अधिवेशनको परिणाम आइरहेको छ ।

हिमाली २१ मध्ये १९ जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन सक्ने तयारी काँग्रेसको रहेको छ । जसमा हालसम्म ८ जिल्लामा नयाँ नेतृत्व चयन भईसकेको छ ।

हालसम्म सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ४–४ जिल्लामा समान नेतृत्व पाएका छन् ।

जसमा देउवा समूहबाट मनाङमा शंकर गुरुङ, हुम्लामा मोहनविक्रम सिंह, ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र रामेछापमा पूर्णबहादुर तामाङले जिल्ला सभापतिमा जित हासिल गरेका छन् ।

त्यस्तै, पौडेल समूहबाट मुस्ताङमा रोमी गौचन थकाली, कालीकोटमा अम्बर बहादुर शाही, रुकुमपूर्वमा कशरमान रोका र संखुवासभामा दीपक खड्काले जित हासिल गरेका छन् ।

यता पौडेल समूहले भने १३ औं महाधिवेशनमा ताप्लेजुङ र रामेछापमा जितेको भएपनि यसपटक देउवा समूहकाले जितेका छन् । तर १३ औं महाधिवेशनमा सिटौला समूहमा रहेको कालिकोटमा भने पौडेल समूहले जितेको हो ।