छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, आयोगमा दियो निवेदन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

छ्याङ्दी हाइड्रोपावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने, आयोगमा दियो निवेदन



काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटिेडले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्न अनुमति माग्दै विद्युत नियमन आयोगमा आवेदन दिएको हो ।

कम्पनीले बोर्ड समक्ष पेश गरेको ३० प्रतिशत हकप्रद शेयरपश्चात चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँको ४० प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग्दै आयोगमा निवेदन दिएको हो ।

कोरोना महामारी न्यूनिकरण गर्न जारी गरिएको निषेधाज्ञा तथा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोप लगायतका कारणले कम्पनीले निर्माण सम्पन्न गर्न लागेको माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजना (४ मेगावाट) को लागतमा केही बृद्धि भएकाले सो आयोजना निर्माण सम्पन्न गर्नका लागि आवश्यक रकम दीर्घकालिन ऋण सोही आयोजनामा लगानी गरिरहेका बैंक अफ काठमाण्डू र कुमारी बैंकबाट माग गर्ने र हकप्रद शेयर निष्काशन गरी भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

हाल बोर्डमा पेश भएको ३० प्रतिशत हकप्रद शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ पुग्नेछ । उक्त चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन पश्चात कमप्नीको चुक्ता पूँजी ५४ करोड १७ लाख ६८ हजार ५०० रुपैयाँ पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्