३ संगठनको प्रेष विज्ञप्तिले शेयर बजार बढ्यो, तर बढेन कारोबार
काठमाडौं । निरन्तरको ओरालोपछि शेयर बजारमा पुन हरिायली छाएको छ । तर कोराबार रकममा भने भारि रकमले गिरावट आएको छ । यसअघि निरन्तर ओरालो लाग्दै कहिलेकाहीँ बजार सामान्य बढेपनि ओरालो यात्रा क्रमिक रुपमा चलिरहेको छ । तर मंगलबार भने ४० अंक भन्दा बढीले बजार बढेको छ ।
बजार निरन्तर ओरालो लागेपछि बजारमा लगानीकर्ताले ८ खर्बभन्दा बढी गुमाएको भन्दै नेपाल उद्योग वाणिज्य महासंघले विज्ञप्ती जारी गरि शेयर धितो कर्जाको निर्णय फिर्ता लिन माग गरेको छ । त्यस्तै, नेपाल चेम्बरले पनि बजारमा निरन्तर ओरालो लागेपछि विज्ञप्ती जारी गरेको छ । यसरी विभिन्न संगठनहरुले बजार घटेको भन्दै नियामक निकायको ध्यानाकर्षण गराउन विज्ञप्ति जारी गर्दे सुझाव पेश गरेका छन् । अस्वभाविक रुपमा बजार घटेको भन्दै नेपाल इन्भेष्टर्स फोरम, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले शेयर बजारबारे विज्ञप्ति जारी गरेका छन् । जसको प्रभाव बजारमा परेको बर्ताइएको छ । यी ३ वटै संगठलने बजार घटेको चिन्ता ब्यक्त गरेका छन् ।
पूँजी बजार सुधारका लागि केही लगानीकर्ता आन्दोलनरत रहेका छन् भने अन्य संगठनहरुले पनि विज्ञप्ती जारी गरि पहल गर्न माग गरेका हुन् । अर्काेथरी शेयर बजार विश्लेषकका अनुसार केही ठूला लगानीकर्ताले मंगलबार बजार बढाएको आरोप पनि लगाईरहेका छन् ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४१.८४ अंकले बढेर २६१२.६५ अंकमा बन्द भएको छ । यसअघि हिजो सोमबार बजार सामान्य ६ अंकले करेक्शन भएको थियो ।
मंगलबार दिनभरिमा २२३ कम्पनीको ५८ लाख ४२ हजार १३५ कित्ता शेयर ४१ हजार पटक किनबेच हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज परिसूचक बढेपनि कारोबार रकम भने ह्वात्तै घटेको हो । आज ब्यापार समूह १.८४ प्रतिशतले घटेको छ भने अन्य सबै समूहमा हरियाली छाएको छ ।
फाइनान्स समूहका लगानीकर्ताले कमाएका छन् । जसको शेयर मूल्य सर्वाधिक ४.१६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक समूहको शेयर मूल्य ३.१२ प्रतिशतले बढेको छ । मल्टिपर्पाेज फाइनान्स, हिमालयन पावर कम्पनी, समता घरेलु लघुवित्तको सर्वाधिक १० प्रतिशतले शेयर मूल्य बढेको छ ।
तर मंगलबार नै लाभांश घोषणा गरेको एनआईसी एशिया लघुवित्तको शेयर मूलय भने १० प्रतिशतले घटेको छ ।














