एचआईडिसीएल अवितरति हकप्रद शेयरमा ४ हजार ८ सयको आवेदन, बोलपत्र आज खुलाईने - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

एचआईडिसीएल अवितरति हकप्रद शेयरमा ४ हजार ८ सयको आवेदन, बोलपत्र आज खुलाईने



काठमाडौं । हाइड्रोइलेक्ट्रोसिटि इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीएल) ले निष्काशन गरेको अवितरित हकप्रद शेयर बोलपत्र आज खुला गरिने भएको छ । असोज ७ गतेदेखि असोज १४ गतेसम्म आवेदन खुला गरिएको उक्त अवितरित हकप्रद शेयरको बोलपत्र आज खुला गरिने भएको हो ।

कम्पनीको उक्त शेयरमा ४ हजार ८ सय जना आवेदकले आवेदन दिएका छन् । कम्पनीको उक्त शेयर बोलपत्र खुला आज (असोज २२ गते, शुक्रबार) बिहान ८ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको केन्द्रिय कार्यालयमा खुला गरिने जनाएको छ ।

कम्पनीले हकप्रदमा अवितरित ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढ मार्फत असोज ७ गतेदेखि असोज १४ गतेसम्म बिक्रि खुला गरेको थियो । कम्पनीले संस्थापकतर्फको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहतर्फ ३२ लाख २९ हजार ७२४ कित्ता शेयर लिलाम बढाबढको लागि गोप्य शिलबन्दी आह्वान गरेको थियो ।

न्यूनतम प्रतिशेयर १ सय रुपैयाँ तोकिएको उक्त शेयरमा लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अङ्कित गरी बोलपत्र पेश गर्नुपर्ने थियो । लगानीकर्ताले न्यूनतम १ सय कित्ता र अधिकतममा सम्पूर्ण शेयरका लागि आवेदन खुला गरेको थियो । यता संस्थागततर्फको भने न्यूनतम १ करोड कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन खुला गरेको थियो ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्