२ कार्तिक २०८३, सोमबार

जसपाबाट मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझायो, कसलाई कुन मन्त्रालय ?



काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्नेको नाम जनता समाजवादी पार्टी (जसपा) ले पठाएको छ । जसपाबाट मन्त्री बन्ने विभिन्न ४ जनाको नाम प्रधानमन्त्रीलाई बुझाईएको हो । अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ, रेणू यादव, रामसहायप्रसाद यादव र प्रमोद साहको नाम बुझाएको स्रोतले जनाकारी दियो ।

मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई दिएकाहरुमा राजेन्द्र श्रेष्ठलाई संघीय मामिला तथा सामान्य प्रशासन, रेणू यादवलाई भौतिक पूर्वाधार तथा यातायात, रामसहायलाई वन तथा वातावरण र प्रमोद साहलाई कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मेवारी पाउने स्रोतले बतायो ।

यसअघि देउवा नेतृत्वको सरकारमा उपेन्द्र यादव, महेन्द्र राय यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, अमृत अग्रहरीमध्येबाट मन्त्री बन्ने चर्चा थियो । तर अन्तिमममा आएर ४ जनाको मात्रै नाम पठाएको हो ।