२ कार्तिक २०८३, सोमबार

माओवादीबाट ४ जना मन्त्री बन्दै, को–को हुन् ?



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । माओवादी केन्द्रबाट देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज मन्त्री र बोधमाया यादव मन्त्री बन्ने भएका छन् ।

स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल शिक्षा विज्ञान तथा प्रविधि मन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री बन्ने भएका हुन् । त्यस्तै, बोधमाया यादवलाई भने राज्यमन्त्रालयको जिम्ेमवारी दिइनेछ ।

माओवादीबाट यसअघि पहिलो चरणमा जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जा मन्त्री बनिसकेका छन् ।