सुनको भाउ बढ्यो, प्रतितोला कति ?
काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार १ सय र तेजाबी सुन ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस दिन चाँदीमा पनि १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।
शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ७०० र तेजाबी सुन ९१ हजार २०० रुपैयाँ र चाँदी १ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको

थियो ।













