२५ श्रावण २०८३, सोमबार

एमालेकाे ७५३ स्थानिय तहमा आज अधिवेसन, अध्यक्ष ओलीले भर्चुअल संबाेधन गर्ने



काठमाडाैँ । नेकपा एमालेले आज देशभरकाे ७५३ स्थानिय तहकाे अधिवेसन गर्ने भएकाे छ । आगामी मंसिर ११ र १२ गते चितवनमा महाधिवेसन ताेकेकाे एमालेले आज पालिका अधिवेसन गर्न लागेकाे हाे ।

आज देशभरका ७५३ स्थानिय तहमा नयाँ नेतृत्व चयन हुनेछ । अधिवेसनकाे उदघाटन एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल माध्यामबाट गर्ने जनाइएकाे छ ।

कात्तिक ६ गते देशभर वडा अधिवेसन सम्पन्न गरेकाे एमालेले स्थानिय तह कमिटिकाे अधिवेसन गर्न लागेकाे हाे । एमालेले प्रतिनिधिकाे मापदण्ड तय गर्न कात्तिक ११ गते स्थायी कमिटि र १२ गते केन्द्रीय कमिटि बैठक बाेलाएकाे छ ।