बिहिबार ३ बजेसम्म वागमती प्रदेशको मुख्यमन्त्रीमा दावी गर्न आह्वान
काठमाडौं । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि भोली दिउसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गरेका हुन ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले एक विज्ञप्ति जारी गदै भोली दिउँसो ३ बजेसम्म नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमतप्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका छन ।
















