२ कार्तिक २०८३, सोमबार

वाग्मतीका नवनियुक्त मुख्यमन्त्री पाण्डे र मन्त्रीहरुले शपथ लिए



काठमाडौं । वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पाण्डेलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज आफ्नै कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन ।

त्यसैगरी नेपाली कांग्रेसका कृष्णलाल भँडेलले भौतिक पूर्वाधार तथा नेकपा माओवादी केन्द्रका कुमारी मोक्तानले सामाजिक विकास र नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद खनालले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले पनि आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन ।

हिजो नेकपा एमालेबाट मुख्यमन्त्री बनेकि अष्टलक्ष्मी शाक्यले राजीनामा दिएका थिए । त्यसपछि प्रदेश प्रमुख शर्माले नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेशका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।