साहस उर्जा र तेह्रथुम पावरको शेयर नेप्सेमा सूचीकृत, कुनले कति पाउला ओपनिङ्ग रेन्ज ?
काठमाडौं । तेह्रथुम पावर र साहस उर्जा कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको छ । हिजो बिहीबार तेह्रथुम पावरको ४० लाख साहस उर्जाको ३ करोड ५० लाख कित्ताको कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
नेप्सेले तेह्रथुम पावर कम्पनीको पहिलो शेयर कारोबारको लागिे प्रतिकित्ता न्यूनतम ८४ रुपैयाँ ७४ पैसा देखि २५४ रुपैयाँ २२ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । उक्त ओपनिङ्ग रेन्जको आधारमा रहेर आइतबारदेखि कम्पनीको शेयर कारोबार सुरु हुनेछ ।
त्यैसरी साहस उर्जा कम्पनीको पहिलो शेयर कारोबारको लागि प्रतिकित्ता न्यूनतम १३५ रुपैयाँ ११ पैसा देखि ४०५ रुपैयाँ ३३ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आइतबार कम्पनीको शेयर कारोबार हुनेछ ।














