२ कार्तिक २०८३, सोमबार

संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य



१२ कात्तिक, काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन आज मध्यरातीबाट अन्त्य हुने भएको छ ।

हिजो बसेको मन्त्रिपरिषदको बैठकले सिफारीस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेदेखि संसदका दुवै सदनको अन्य भएको घोषणा गरेकी हुन् ।

कात्तिक २९ गतेका लागि डाकिएको प्रतिनिधिसभाको बैठक पनि अन्त्य भएको संघीय संसदका महासचिव डा. भरतराज गौतमले आज एक विज्ञप्ति जारी गदै जानकारी दिएका छन् ।