इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
काठमाडौं । इजलास बहिष्कार गर्ने १५ न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । कृष्ण प्रसाईंसहितका अधिवक्ताहरुले आज इजालस बहिष्कार गर्ने १५ जना न्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन ।
१४ जना न्यायाधीशहरु इजलासमा सहभागी नहुँदा बन्दी प्रत्यक्षीकरणसहित तत्काल सुनुवाइ प्रभावित भएको भन्दै परमादेश जारी गर्न माग उनीहरुल्े दर्ता गरेको रिट निवेदनमा उल्लेख गरिएको छ ।
रिटमा आजबाटै स्वच्छ सुनुवाइका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।


















